आनन्द ज्योति माविको  ५० औं वार्षिकोत्सव

पाेखरा | फागुन २०, २०७९

आनन्द ज्योति माविको  ५० औं वार्षिकोत्सव

पोखरा:     पोखरा महानगरपालिका ३१ बेगनासमा स्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । 


कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भुमिका सबैभन्दा महत्वपुर्ण हुने भन्दै हिजोको भन्दा आज केहि सुधार भएको भए पनि अझै आवस्यक सुधार हुन भने नसकेको बताउनुभयो ।


अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको उहाँको भनाई थियो ।आफैले पढेको बिद्यालयको बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी बनेर पुग्नुभएका मुख्यमन्त्री अधिकारीले १८ बर्ष अगाडी बेगनासमा भएको सडक दुर्घटनामा परि गुमेका आफ्ना समकालिन साथीहरुको सम्झनामा गर्दै भाबुक बन्नुभयो भने बाल्यकालमा त्यही बिद्यालयमा भौतिक पुर्वधारको अभावका बिच अध्ययन गरेको स्मरण गर्नुभयो ।


विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिब बसन्तराज तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारी, नेपाली काङ्ग्रेसका श्रीराम कँडेल, नेकपा एमालेका गणेश बहादुर थापा, राप्रपाका  प्रकासचन्द्र तिवारी, अमरसिद्द माबि पचभैयाका प्रधानध्यापक बिष्णु पौडेल,शिक्षक सत्यराज कँडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक बसन्त पहारीले गर्नु भएको थियो भने प्रध्यानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो ।


सो अवसर १० लाख रुपैयाँको गुरु प्रसाद अक्षयकोष र १ लाख ११ हजार १ सय ११ रुपैयाँको छबिलाल सरास्वती अक्षयकोष स्थापना भएका छन् । इञ्जियर चिरञ्जिबी  तिवारी र रमा तिवारीले बुबा गुरुप्रसाद तिवारीको नाममा १० लाख रुपैयाँको अक्षयकोष र डाक्टर श्रीप्रसाद कँडेल, शिवराज कँडेल, शुक्रराज कँडेल र श्रीराम कँडेलले बुबाआमा छबिलाल÷सरस्वती कँडेलको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सोही कार्यक्रममा सागर पौडेलले बुबाआमा राकेश÷बिजया पौडेलको नाममा ५० हजार रुपैयाँ र शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारीले हजुरआमा दमयन्ती अधिकारीको नाममा १५ हजार रुपैयाँ विद्यालयलाई चन्दा स्वरुप सहयोग गर्नुभएको प्रअ शिबराज अधिकारीले जानकारी दिनुभयो ।


कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्